जि.वि.स. पर्वतमा तपाईलाई स्वागत छ।
भू–भाग यस जिल्लामा पर्दछ । यस जिल्लाको कूल भूमि ५३६८६.२१ हेक्टरमध्ये वन क्षेत्रले ओगटेको जमिन १९,९९७ हेक्टर, कृषि भूमि २४,१७१ हेक्टर र प्रति जमिन, बुट्यान, भवन, बाटोघाटो, भीरपाखा तथा खोलाले ओगटेको जमिन ९,५१८ हेक्टर रहेको छ ।पर्वत जिल्लाको कूल कृषि जमिन २४१७१ हे. मध्ये खेत ९०७३ हेक्टर, जस मध्ये बाह्रै महिना सिंचाई हुने ६,४२० हे. र मौसमी सिंचाई हुने २६६६ हे. छ भने पाखोबारी १५,०९८ हे. रहेको छ । राजनैतिक विभाजन अनुसार पर्वत जिल्लालाई १ प्रतिनिधी सभा निर्वाचन क्षेत्र, २ प्रदेश सभा निर्वाचन क्षेत्र, २ नगरपालिका, ५ गाउँपालिका र ६१ वडामा विभाजन गरिएको छ ।पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजार हो भने अन्य प्रमुख बजार क्षेत्रहरुमा वारी वेनी, पातिचौर, डिमुवा, कार्किनेटा, फलेवास, लुँखु, हुवास प्रमुख व्यापारीक केन्द्र रहेका छन् ।पर्वत मा धार्मिक एवं ऐतिहासिक र पर्यटकिय रुपमा अति नै सम्पन्नता का पहिचानहरु छन् । यस सन्दर्भमा छोटो विवरण मा उल्लेख गर्दा कुश्मा को गुप्लेश्वर गुफा , मोदी विनिको नरसिंह मन्दिर , ज्ञादिको अलपेश्वर गुफा ,पाङ को भुवनेश्वर गुफा ,चुवाको लालेश्वर गुफा को साथै डहरे देउराली , सहस्र धारा ,धाइरिङ , भुमे ,मल्लाजकोट , दुर्लुङ कोट ,पैंयू कोट ,खौलाकोट , लिमिकोट ,देउपुर कोट ,लुँखु को महशिला , पन्चासे ( कास्की ,स्याङ्जा र पर्वत को सिमाना मा जोडिएको पञ्चासे प्रसिद्ध धार्मिक र पर्यटकीय स्थल जहा पन्चासे केवुलकार कम्पनी लिमटेडले ले केवुलकार सेवा संचालन का लागि योजना समेत बनाएको क्षेत्र ) हो । नेपाल लाई नै विश्वमा चिनाउने पर्वत को बीहादी गाउँ पालिका मा रहेको शिला शालिकग्राम हो । यो गण्डकी ,लुम्बिनी र धौलागिरी अञ्चल र पर्वत ,स्याङ्जा र गुल्मी जिल्लाको संगम क्षेत्रमा रहेको विश्वकै सबैभन्दा ठूलो शिला शालीग्राम हो, जुन धार्मिक र पर्यटकीय हिसावले प्रशिद्ध मानिन्छ भने अर्को तर्फ पर्यटकिय हिसावले पर्वत को सदरमुकाम कुश्मा मा अवस्थित झलुङ्गे पुलहरु कुश्मा वाडा गाउ – वाग्लुङ को वलेवा कयान झलुङ्गे पुल , यसै गरी अर्को कुश्मा – ज्ञादी जोड्ने लामो र अग्लो झालुङे पुल , पर्वत जिल्ला कै मुख्य पर्यटकिय आकर्षण का रुपमा रहेको कुश्मा बन्जी पुल , केवल कार , कुश्मा- मुडिकुवा झलुङे पुल , कुश्मा – वालेवा बन्जीजम्प पुल विश्वकै दोस्रो अग्लो मा मानिएको छ यसै गरी पाङ देखि बागलुङ कालिका मन्दिर पारी पट्टी जोड्ने पुल,पर्वतको दक्षिण भेकमा रहेको पैयु गाउँपालिका वडा नं १ टकलाक को वहाबि बाट विहादि गाउँपालिका ५ को छचन्ने मा जोडिएको लामो खलुङ्गे पुलहरु पनि पर्वत जिल्लाका आकर्षण केन्द्र हुन । पर्वत मा जाने वा आउनेहरुको लागि यी प्राकृतिक सम्पदा , सांस्कृतिक सम्पदा , लामा र अग्ला झालुङ्गे पुलहरु ,बन्जीजम्पी यो जिल्लाका आकर्षक केन्द्र मानिन्छन् ।