21 Nov, 2024, Thu dccparbat@gmail.com (+९७७)-०६७-४२०१५४
/ संक्षिप्त परिचय

संक्षिप्त परिचय

अध्यावधिक मिति २०८१ जेठ २४ गते बिहीबार

पर्वत जिल्ला र जिल्ला समन्वय समितिको कार्यालयको परीचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । नेपालको संविधान २०७२ को धारा ५६ उपधारा ४ वमोजिम स्थानीय तह अन्तर्गत गाउपालिका नगरपालिका र जिल्ला सभा रहेका छन् । हाल नेपालमा ६ महानगरपालिका ११ उप महानगरपालिका २७६ नगरपालिका र ४६० गाउपालिका र ७७ जिल्ला सभा र जिल्ला समन्वय समिति रहेका छन् ।जिल्ला भित्र गाउपालिका र नगरपालिका वीच समन्वय गर्ने, जिल्ला रहने संघीय कार्यालय र प्रदेश  सरकारी कार्यालयहरु वीच समन्वयकारी भूमिका निर्वाह गर्न र जिल्लामा सञ्चालित विकास निर्माणका कार्यमा सन्तुलन कायम गर्न ती विकास कार्यक्रमहरुको अनुगमन गर्ने मूल कार्य जिम्मेवारी ‌संविधानले जिल्ला सभालाई तोकेको छ ।

देशका ७७ जिल्ला र गण्डकी प्रदेशका ११ जिल्ला मध्ये पर्वत जिल्ला पनि एक हो । ४९८ बर्ग किमि भौगोलिक क्षेत्रफल भित्र फैलिएको छ । समुन्द्रि सतहबाट ५२० मिटर उचाइमा रहेको सेति वेनी देखि ३३०९ मी अग्लो सालिजा हम्पाल लेक सम्मको भुभाग रहेको यस जिल्लाको सदरमुकाम कुश्मा रहेको छ राष्द्रिय जनगणना २०६८ अनुसार पर्वत जिल्लाको जनसंख्या १,४६,५९० रहेको छ ।यहा कुश्मा र फलेवास गरी २ नगरपालिका र जलजला, मोदी, महाशिला, विहादी र पैयु गरी ५ गाउपालिकाहरु रहेका छन । यिनै ७ नगरपालिका र गाउपालिकावाट यहाको जिल्ला सभा गठन भएको छ ।

नेपालको संविधान २०७२ ले जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था गरेको छ । जिल्ला सभामा जिल्ला भित्रका नगरकार्यपालिकाका प्रमुख र उपप्रमुख र गाउकार्यपालिका अध्यक्ष उपाध्यक्ष सदस्य रहने व्यवस्था छ ।जिल्ला सभाको तर्फवाट गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्न जिल्ला समन्वय समिति रहने व्यवस्था समेत गरिएको छ । यहि जिल्लासभाले १ जना प्रमुख र १ जना उपप्रमुख गरि कम्तीमा ३ जना महिला र १ जना दलित वा अल्पसंख्यक सहित बढिमा ९ जना रहेको जिल्ला समन्वय समितिको निर्बाचन गर्ने संबैधानिक ब्यबस्था बमोजिम नै पर्वत जिल्लामा जिल्ला समन्वय समिति निर्वाचित भइ कार्यरत रहेको छ ।जिल्ला सभाको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुखले गर्ने र सभाको सचिव जिल्ला समन्वय अधिकारी रहने कानूनी व्यवस्था रहेको छ ।जिल्ला समन्वय समितिको सचिवालयको कार्य जिल्ला समन्वय समितिको कार्यालयले गर्दछ

थप सूचनाहरु

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ मंसिर ४ गते मंगलबार